हिपमत डटकम

मंगलबार, फाल्गुण १०, २०७८ || 504  पटक पढिएको

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-३ घुमाउने भिर बस्ने ५१ वर्षीय सूर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी डोटी, पूर्वीचौकी गाउँपालिका-२ बग्लेकस्थित हिरा श्रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ३८ हजार ८ सय ८७ रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!