
स्याङ्जा। वालिङ नगरपालिका-१ रामबाच्छा बस्ने रामप्रसाद रेग्मीको घरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा घरको माथिल्लो तला पूर्ण रुपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।