हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 459  पटक पढिएको

विराटनगर। विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवानिःशुल्क सुरु भएको छ ।

छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवानिःशुल्क गरेको हो ।

अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिनलगायतको ओपीडि सेवा फागुन महिनादेखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशा रोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवाको लागि डा.. मिलन केसी, मानसिक रोग सम्बन्धीत समस्याकालागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाकालागि डा. राकेशकुमार मण्डलले सेवादिदै आएका छन् ।

फागुन महिनादेखि विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतलले जनाएको छ । स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरुलाई लक्षित गरि आर्या अस्पतालले निःशुल्क सेवा सुचारु गरेको बताइएको छ ।

स्वाथ्य सेवामा फड्को मार्दै अगाडी बढेको आर्याले अत्याधुनिक ‘एसीटि – ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरि संचालनमा ल्याएको छ । न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतलले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई सेवा प्रभाहमा सहज भएको छ । अस्पतालले लिने सेवा शुल्कहरु पनि अन्य अस्पतालको तुलनामा न्यून रहेको दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!