
पोखरा । पर्यटकीय नगरी पोखरामा आज दिउसो करीब १ घन्टासम्म लगातार परेको अ’सिनापानीले जनजीवन प्रभा’वित बनेको छ । निरन्तर अ’सिनापानी पर्दा पोखराका अधिकांश सडकहरु सेताम्मे भएका छन् । सडकमा बाक्लो अ’सिना जमेको छ भने सडकमा जमेको अ’सिनाकाकारण पोखरामा सवारी जाम भएका थिए ।

अ’सिना पानीका कारण पोखरा बिमानस्थल समेत ब’न्द भएको थियो । पोखराका सडकहरुमा हि’उँ जमे जस्तो देखिन्थ्यो । अ’सिनापानीले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नो’क्सानी पुगेपछि कृषक म’र्कामा परेका छन् ।
दिउसो साढे एक बजेदेखि पर्न थालेको अ’सिना पानीकाकारण बाटो ब’न्द भएकोले इन्द्रचोक, चिप्लेढुंगा, महेद्रपुल र रानीपौवालगायत क्षेत्रमा रहेको सडक बाटोको अ;सिना हटाउनको लागि जेसिभीको प्रयोग गरिएको थियो । नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको सहयोगमा पनि सडकको अ’सिना हटाउने काम भएको थियो । अ’सिना पानीले सडक अवरु’द्ध हुँदा चालक र पैदलयात्रु सडकमै घन्टौ रोकिन बा’ध्य भएका थिए ।