सन्तोष कुमार बास्तोला

बिहिबार, फाल्गुण ०५, २०७८ || 482  पटक पढिएको

रंगेली। लकडाउनको समयमा विपन्न बर्गले पाउने राहत रकममा हिनमिना भएको भन्दै रंगेलीमा बिपन्न बर्गका परिवारहरुले बिरोध प्रदर्शन गरेका छन् । गरिव विपन्न परिवारले पाउनु पर्ने रकम अरुनै व्यक्तिले हस्ताक्षर गरी बुझिलिएको भन्दै ठुलो संख्यामा आज गरिव तथा विपन्न वर्गहरुले वडा न -६ को कार्यालय घेराउ गरेका छन् ।

कोरोना कालमा भएको लकडाउनले गर्दा बिपन्न, गरिब बर्गको दैनिक रोजगारी गुमेको घर परिवार पाल्न समेत विभिन्न संघ सस्थाहरुबाट आएको राहत सामग्रीले जिबिको पार्जन गरेकोवडा कार्यालय जानकार हुदाहुदै पनि नेपाल सरकारले उपलब्ध गराउने नगद राहतमा आफुहरुलाई समाबेस नगरी अन्यलाई वितरण गरेकोमा खेद प्रकट गर्दै बिपन्न बर्गले वडा न -६ को कार्यालय घेराउ गरि बिरोध प्रदर्शन गरेको नेपाली कांग्रेस रंगेली ६ नम्बर वडा सभापति अशेश्वर प्रसाद साहले हिपमत डटकमलाई जानकारी दिए ।

त्यस्तै ५० हजार जस्तापातामा पनि अनियमितता गर्दै आफन्त कार्यकर्ता जनमा बितरण गरेको सहमति बिपरित स्वास्थ चौकी निर्माण, पव्लिक स्कुल क्षेत्रमा निर्माण लगायतमा आफुखुशी सहरी स्वास्थ चौकी छ्ड प्रयोगै नगरी निर्माण गरेको प्रमाणीत गर्दै नेपाली कांग्रेस नगरसमिती द्वारा नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएको छ । यसको बिरोधमा नेपाली कांग्रेस वडा समितिले बारम्बार सल्लाह सुझाव चेतावनी दिदा समेत वडा कार्यालयले वास्ता नगरेको भन्दै अशेश्वर प्रसाद साहले हिपमत डटकमलाई जानकारी दिए ।

गरिबका लागि आएको रकममा समेत राजनीतिकरण भएको बिपन्न,गरिब,असहायलाई भन्दा आफ्ना लाई र पार्टीका कार्यकर्ता लाई राहत वितरण गरेको भन्दै बिपन्न परिवार हरुले गुनासो पोखे । भोट र कम पर्दा हामी जस्ता गरिब हरुको आवसेकता पर्छ तर हामीलाई गारो सरो पर्दा सोधी खोजि गर्ने कोहि हुन्न गरिबका लागि आएको रकममा समेत हिनमिना र पार्टीवाद गर्न्नेको कहिले भलो नहुने एक महिलाको भनाइ थियो।

उनि हरुले आफ्नो लागि आएको रकम छिटो भन्दा छिटो उपलब्ध गराई दिन कार्यकारी प्रमुखलाई समेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!