रबिन्द्र बराल

बिहिबार, फाल्गुण ०५, २०७८ || 583  पटक पढिएको

मोरङ। धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा रहेको श्री नमुना शहकारी संस्था लिमिटेडकाे रकम हिनामिना गरेको आराेपमा दुई जना कर्मचारी पक्राउ परेका छन ।

दुई कर्मचारी माथि सन्चालक समितिका सदस्य हरुले उनी हरु विरुद्ध मुद्दा दर्ता गराएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आ.व. २०७४/ ०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा विभिन्न शिर्षकहरुमा शहकारीको रकम हिनामिना गरी ठगि गरेको आधारमा उनी हरुलाई पक्राउ गरिएको छ ।

प्रहरीको अनुसन्धानले सोही संस्थाका लेखापालको रुपमा कार्यरत धनपालथान गाउँ पालिका ४ कर्सिया वस्ने वर्ष ६० को सविलाल राजवंशीले
रु १ करोडौं ११ लाख ६२ हजार १ सय ५१रुपैयाँ ८२ पैसा र संस्थामा सह-लेखापालको रुपमा रहेका ५५ बर्सिय राजकुमार राजवंशीले ७८ लाख १७ हजार ४ सय ४३रुपैयाँ २८ पैसा सहकारीको हिनामिना गरेको आराेपमा उनिहरु लाई बुधबार पक्राउ गरी जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी थप अनुसन्धानका लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!