हिपमत डटकम

मंगलबार, फाल्गुण ०३, २०७८ || 725  पटक पढिएको

ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७ सय २५ ग्राम चाँदी जस्तो देखिने वस्तुबाट बनेका बिभिन्न किसिमका गरगहना सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने डम्बर प्रसाद ढुंगाना र कैलाली टिकापुर नगरपालिका-९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डे रहेका छन् । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे.१ च ३२१३ नम्बरको बलेरो गाडीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गरगहना फेला पारी गाडीमा सवार डम्बर र गाडीका चालक दिपकलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट करिब १ लाख ६३ हजार ४ सय ८९ मूल्य बराबरका पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिब्बाहरु लगायतका सामानहरू समेत बरामद गरेको छ ।

उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!