हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 360  पटक पढिएको

पर्सा, वीरगंज महानगरपालिका-८ गवाहा बस्ने ३२ वर्षीय मेहताब आलमको आफ्नै गाउँमा रहेको ईनारमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । ईनारमा डुबेर अशक्त भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रोल्पा, सुनिलस्मृती गाउँपालिका-३ खारास्थित सिँचाई पोखरीमा डुबेर सोही गाउँपालिका-२ खुङ्ग्री बस्ने कृष्ण गिरीको ५ वर्षीय छोरा निर्मल गिरीको शनिबार साँझ मृत्यु भएको छ । आफ्नो आमासँग मामाघर आएकोमा मामाघर नजिकै रहेको उक्त सिँचाई पोखरीमा डुबेर उनको मृत्यु भएको भन्ने बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!