
पाँचथर, कुम्मायक गाउँपालिका-१ यासोक बजार बस्ने झरेन्द्र खतिवडाको घरमा विद्युत सर्ट भई शनिबार बेलुकी आगलागी हुँदा उक्त घरमा रहेको कुम्मायक कुस्सा (सहकारी संस्था) को अफिस तथा कागजात, सोही ठाउँ बस्ने प्रेम रम्तेलको जुत्ता चप्पल पसल र घरको भुईतलाको सटरमा रहेका अन्य पसलहरु समेत जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी उदयपुर, त्रियुगा नगरपालिका-१२ बस्ने बाबुराजा प्रजापतिको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घरको सटरहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय मदन शाह लगायत ४ जनाले संचालन गरेको ४ वटा किराना पसल, मोटर पार्टसको पसल, स्टिकर पसल लगायतका पसलहरु जलेर करिब ८४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।