हिपमत डटकम

बिहिबार, माघ २७, २०७८ || 471  पटक पढिएको

झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

हिजो दिउसो १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशा बाट जादै गरेको प्र १-०१-०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए ।

 

दुवै घाईतेलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो भने पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!