मिर्चैया । सिरहा जिल्लाकाे मिर्चैया नगरपालिकामा गाउँब्लक जग्गाकाे जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएको छ ।
बिशेष नापी कार्यालय मिर्चैया,सिरहाको आयोजनामा आज मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया खाेरीकाे वडा कार्यालय परिसरमा वडा नं.१ र २ (साविक रामपुर विर्ता र मल्हनिया खाेरी) काे गाउँब्लक जग्गाकाे जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा वडा नं. १ मा ४५० पुर्जा र वडा नं .२ मा ५५४ पुर्जा वितरण गरिएको छ ।

गाउँब्लक जग्गाकाे जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गाउँब्लक जग्गाकाे जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्नु भएको छ ।

उक्त जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रम नापी विभाग का महानिर्देशक प्रकाश जाेशीकाे अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठकाे उपस्थिति र बिशेष अतिथि हरूमा भूतपूर्व शान्ति तथा पुनः निर्माण मन्त्री विश्वनाथ साह, मिर्चैया नगरपालिका नगर प्रमुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका प्रमुख प्रशासन अधिकृत डम्बर ध्वज आङदम्बे,नापी विभाग किता नापी महाशाखाका उप महानिर्देशक सुशील डंगोल , जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी , मालपोत कार्यालय सिरहाका कार्यालय प्रमुख विष्णु प्रसाद सिटौला , विशेष नापी कार्यालय मिर्चैया सिरहाका कार्यालय प्रमुख दिलिप कुमार सिंह,नापी कार्यालय सिरहाका कार्यालय प्रमुख दिपेन्द्र साह,नापी कार्यालय लहानका कार्यालय प्रमुख संजय कुमार सिंह, राष्ट्रिय अनुसन्धान जिल्ला सिरहाका निर्देशक तुलसी राम प्रसाईं, शस्त्र प्रहरी बल सिरहाका SP रमेश कुमार थापा, मिर्चैया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धनिकलाल यादव,मिर्चैया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्षमेश्वर कापर, वडा सदस्यहरू लगायत मिर्चैया नगरपालिकाका कार्मचारी, गाउकै बुद्धिजिवी, समाजसेवी किसान मजदुर, युवाबर्गहरु उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!