
काठमाडौं, टोखा नगरपालिका-६ धापासीस्थित सडकमा बा.१७ च ५०२२ नम्बरको कारको ठक्करबाट बाटोमा खेल्दै गरेका अन्दाजी ३ वर्षीय श्रीयन पाण्डेको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।