हिपमत डटकम

सोमबार, माघ २४, २०७८ || 422  पटक पढिएको

चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ ।

चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो ।
आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट खटिएको संयुक्त प्रहरीको टोलीले लगातार ५ घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार गरेको हो ।

उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!