
उदयपुर, त्रियुगा नगरपालिका-११ पुरानो सब्जी लाईन बस्ने किसन राईको ग्यारेजमा गएराति आगलागी हुँदा ग्यारेज भित्र रहेको प्र १-०२-००२ च ४३८५ नम्बरको स्कारपिओ गाडी र स.३ प २२८३ नम्बरको मोटरसाइकल जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धादिङ, निलकण्ड नगरपालिका-३ दिपटोलमा रहेको अमृत कुमार श्रेष्ठको धादिङ कपास प्रशोधन उद्योगमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा कपास उद्योग र उद्योगमा रहेको सिरक, डसना, कपास, कपडा, कपडा पेल्ने मेसिन समेत जलेर करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।