जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर हुदै आएको मूल्य वृद्धिको विरुद्धमा पोखरामा नेपाल कम्युनिष्ट पार्टी “बिप्लव “ले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

पोखराको सभागृह अगाडीबाट साझको ६ बजे सुरु भएको मसाल जुलुस न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले  मुल्यबृद्धी तत्काल फिर्ता हुनुपर्ने ,एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेकपा गण्डकी प्रदेशका इन्चार्ज अटल शर्मा ले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसक्ने बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । पेट्राेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

https://www.youtube.com/watch?v=75XzeEDu00I

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!