हिपमत डटकम

बुधबार, माघ १९, २०७८ || 334  पटक पढिएको

पहिलो सिजनमा युट्युबमा निक्कै चर्चा पाएको रियालिटी शो ‘ब्लाइण्ड डेट’को दोस्रो सिजन अब हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

हिमालय टीभी र शोका निर्देशक रोशन दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो शो चैत अन्तिम साता वा वैशाखको पहिलो साताबाट हिमालय टीभीमा प्रसारण हुनेछ ।

शोका निर्देशक दाहालले भने, ‘हामीले पहिलो सिजनमा टीभीमा पनि प्रसारण गर्ने विषयमा सोचेका नै थिएनौं । तर दर्शकको माया अत्यधिक पाएपछि धेरै टीभीबाट अफर आयो । जसमध्ये हामीले हिमालय टीभी रोजेका हौं ।’

उनले दोस्रो सिजनमा ‘ब्लाइण्ड डेट’को प्रस्तुति परिवर्तन हुने बताए । ‘हामीले विवादित प्रस्तुतिहरुलाई त निरन्तरता नै दिन्छौं,’ उनले भने । दाहालका अनुसार यो शोको छायांकन प्रसारण हुनुभन्दा एक साता अगाडि मात्र गरिनेछ । शो छायांकन गर्दै प्रसारण हुने भएकाले पनि अहिले नै हतार नभएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!