हिपमत डटकम

बुधबार, माघ १९, २०७८ || 438  पटक पढिएको

काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्।

कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घाइतेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन।

‘केही पीडित व्यक्तिहरू मेनपावरमा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कुटपिट भएको देखिन्छ।’

उनका अनुसार मेनपावरबाट पीडित भएका व्यक्तिहरूले पनि प्रहरीलाई जानकारी गराएका थिएनन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!