हिपमत डटकम

मंगलबार, माघ १८, २०७८ || 493  पटक पढिएको

झापा, मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सेवन उराउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ गडुल चौकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १२ हजार ५ सय ५ रुपैयाँ सहित सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय प्रेम बहादुर कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खुदुनाबारीबाट खटिएको प्रहरीले उनलई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सडकबाट करिब १३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका-२१ बुधवारे बस्ने २१ वर्षीय सुमन रौतार थारु र पाल्पा रिब्दिकोट गाउँपालिका-८ बस्ने सोमर रायमाझी रहेका छन् ।

उनीहरुले पोखरा नगर क्षेत्रका बिभिन्न स्थानमा अवैद्य लागूऔषध ब्राउन सुगरको खरिद, बिक्री गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले दुवैलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगरस्थित चैनपुर मनहरी सडकबाट करिब १ क्विनटल १० केजी अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ठाडेचुरीबाट घट्टे खोलातर्फ जाँदै गरेका ४/५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उनीहरुमध्ये रामकुमारलाई नियन्त्रणमा लिई बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

हाल फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!