
बिराटनगर । मोरङको जहदा गाउँपालिका वडा न -३ मा तिन दिने उदघोषण तथा भाषण कला सम्बन्धि तालिम आज एक औपचारिक कार्यक्रम गरि सम्पन्न भएको छ ।

जहदा गाउँपालिका वडा न -३ को आर्थिक सहयोग तथा संचारकर्मी मिडिया प्रालि बिराटनगर -७ को आयोजनामा माघ १३ गतेदेखि १५ गतेसम्म तिन दिन उदघोषण तथा भाषण कला सम्बन्धि तालिम संचालन भएको थियो आज जहदा गाउँपालिका वडा -३ मा एक औपचारिक कार्यक्रमगरि सहभागी १८ जनालाई प्रमाणपत्र बितरण गर्दै तालिम समापन भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा जहदा गाउँपालिका वडा न -३ का वडाअध्यक्ष अनिल कुमार ठाकुर थिए । कार्यक्रममा ठाकुरले वडा न -३ का युवाहरुलाई देशका अन्य युवाहरुभन्दा तेज बनाउन जुन सुकै क्षेत्रमा गएर पनि राम्रो बोल्न सक्ने क्षमता निर्माण गर्न तथा रेडियो टेलिभिजनमा ब्यवसायिक रुपमा काम गर्न स्वरोजगार बन्न पनि यो तिने दिने उदघोषण तथा भाषण कला सम्बन्धि तालिम संचालन गरेको बताए । आगामि दिनहरुमा यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिने पनि ठाकुरले बताए ।
तालिमलाई हिपमत डटकमका प्रधान सम्पादक प्रकाश नारायण झा तथा एभिन्युज टेलिभिजनकर्मी वीरेन्द्रकुमार साहले सहजीकरण गरेका हुन।
समापन कार्यक्रममा जसपाका युवा नेता राकेश रोशन यादवले यो तालिममा सहभागीहरुकोलागि अवसर हो अब उदघोषणको यात्रा औपचारिक रुपमा शुभारम्भ भएको बताए । राम्रो राम्रो काम गरेर जहदा गाउँपालिकालाई अन्य पालिकाहरुमा समेत चिनाउन युवाहरुलाई शुभकामना दिए ।