
जितपुर सिमरा उपमहानगरपालिका-१७ जैतापुर घर भएका रामाकान्त यादबको छोरा ५ वर्षीय बिबेक यादबको आइतबार बेलुकी डुबेर मृत्यु भएको छ ।

निजगढ नगरपालिका-७ लिचिटोलस्थित धाराको पानी जम्मा गर्न खनेको खाल्डो नजिक खेल्ने क्रममा अचानक उक्त खाल्डोमा डुबेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।