हिपमत डटकम

सोमबार, माघ १७, २०७८ || 447  पटक पढिएको

कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।

उनले भने, ‘छलफल भइरहेको छ । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं ।’ आइतबार कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने उनले बताए ।

कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!