विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएकी छन् ।

बुबा उमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालकाे काेखबाट २०५३ सालमा कान्छि छाेरीकाे रुपमा जन्म लिएकी सिम्रन अग्रवालले अहिले बिबिएस तेश्राे बर्षमा नेपाल टप भए पछि परिवार का सदस्यहरु समेत खुशी भएका छन । उनलेे रंगेली ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलमा नर्सरी कक्षा देखि अध्यन सुरु गरेकाे बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

उनलेे भने सिम्रनले सबै कक्षा प्रथम हुदै गएकाे र उनी कहिले पनि कक्षामा दाेस्राे नभएको पढाइमा जहिले पनि अत्यन्त मेहनती, तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले कार्कीले बताए । सिम्रनले मिनिल्यान्ड बाट slc मा समेत उत्कृष्ट अंक ल्याएर बिधालय काे समेत ईज्जत् राखेकाे कार्कीले बताए ।

सिम्रन ले मेरिल्याण्ड कलेज मा समेत २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन् । सिम्रन नेपाल टप भए पछि बिधालय का अध्यक्ष गुणराज ढकाल, प्रमोद कुमार झा , प्रिन्सिपल, लक्ष्मण ढकाल, निर्देशक प्रदीप कुमार भगत, मनोज गुप्ता लगायत ले उनकाे घरमा पुगेर सम्मान तथा बधाई समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!