हिपमत डटकम

आइतबार, माघ १६, २०७८ || 334  पटक पढिएको

झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् । हिजो दिउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलाले आफैले स्टार्ट गरी अगाडी बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ बर्षीया छोरी आरोषि दुलाललाई किचि गम्भिर घाईते भएकी थिईन ।

घाईते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो दिउसो पौने १ बजे मृत्यु भएको थियो । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ । यसै गरी हिजो बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी उदुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए ।

घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो । घाईते मृतककै बुबा ४० बर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भईरहेको छ । उनिहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!