हिपमत डटकम

शनिबार, माघ १५, २०७८ || 745  पटक पढिएको

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई युद्धको आतंक सिर्जना नगर्न आह्वान गरेका छन् । सीमा क्षेत्रमा रुसले आफ्ना सैनिक तैनाथ गरेको बेला युक्रेनलाई उक्त आह्वान गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा ‘कुनै पनि बेला आक्रमण हुन सक्छ’ भन्ने जस्ता चेतावनीले युक्रेनको अर्थव्यवस्थामा खराब असर पर्नसक्ने उनले बताएका छन् । उनले देशभित्रको यो आतंक र अस्थीरताको स्थिति देशका लागि सबैभन्दा ठूलो खतरा हो पनि भनेको बीबीसीले जनाएको छ ।

खासगरी अमेरिकाले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने बताउँदै आएको छ र युक्रेनलाई साथ दिंदै आएको छ ।

यद्यपि रुसले आक्रमणको तयारी गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । शुक्रबार मात्रै रुसी विदेशमन्त्रीले आफूहरुले युद्ध नचाहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!