हिपमत डटकम

बिहिबार, माघ १३, २०७८ || 460  पटक पढिएको

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा छुट्टा–छुट्टै खाल्डामा दुई जना पुरुषको शव फेला परेको छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुधबार नै बेलुका उत्खनन् गरेको एउटा खाल्डोबाट प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो ।

झण्डै ४० मिटरको फरकमा रहेको अर्को खाल्डोमा पनि शंका लागेर उत्खनन् गर्दा अन्दाजी २५ वर्षको जस्तो देखिने अर्को पुरुषको शव पनि फेला परेको छ । उक्त शव आज बिहान उत्खनन् गरिएको हो ।

उखुबारी स्थानीय गंगा सिंहको हो । शव केही दिन अगाडिको हुनसक्ने मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद एउटा शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ भने अर्को शव पनि ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

गाढेको अवस्थामा भेटिएको एक जना पुरुषको गोजिबाट सिमकार्ड र पर्स पनि फेला परेको छ । शव भेटिएको स्थानमा स्थानीय सर्वसाधरणको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!