हिपमत डटकम

बुधबार, माघ १२, २०७८ || 392  पटक पढिएको

ओखलढुङगा, मोलुङ गाउँपालिका-६ श्रीचौर बस्ने फल बहादुर तामाङको घरमा बिद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन तथा चाँदीका गरगहना लगायतका सरसामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी गुल्मी, धुर्कोट गाउँपालिका-४ बरबोट बस्ने बिन्दु बस्नेतको घरमा रहेको फेन्सी पसल र सोही ठाउँ बस्ने गोमा भण्डारीको चिया नास्ता बनाउने होटलमा गएराति आगलागी हुँदा घर र घरभित्र रहेको सम्पूर्ण फेन्सी सामान तथा होटलभित्र रहेको भाडावर्तन, अन्नपात जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!