हिपमत डटकम

बुधबार, माघ १२, २०७८ || 371  पटक पढिएको

सप्तरी, सप्तकोशी नगरपालिका-४ बलारदहस्थित भित्री सडकमा ना.३ ख ९९३२ नम्बरको ट्रकले स.१० प ४६३५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका-१० बस्ने २८ वर्षीय लालदेव चौधरीको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१३ स्थित सडकमा ना.२ ह २१२६ नम्बरको अटोको ठक्करबाट साईकलयात्री सोही महानगरपालिका-२२ मनिहारी बस्ने ३६ वर्षीय शिवसरण रामको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्की, रुपा गाउँपालिका-१ ट्यारे गाउँस्थित सडकमा प्र.२-०३-००१ त २३९६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक लम्जुङ मध्यनेपाल नगरपालिका-६ काउरे बस्ने २२ वर्षीय सन्तोष परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!