हिपमत डटकम

मंगलबार, माघ ११, २०७८ || 622  पटक पढिएको

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर चोकमा हाल नम्बर नखुलेको टिपरमा प्रदेश नम्बर ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सल्लाघारी बस्ने मोरङ पथरी घर भएका २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार काभ्रे बनेपा बस्ने नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सप्तरी, राजगढ गाउँपालिका-६ फकिरास्थित सडकमा स.१ त ७९१७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने १२ वर्षीय गोपाल खङ्काको मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!