हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 396  पटक पढिएको

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका-४ बलामपुरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर–७ रामप्रसाद सापकोटा घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!