हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 425  पटक पढिएको

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २१औं सशस्त्र प्रहरी दिवसको अवसरमा छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।सशस्त्र प्रहरी दिवसको अवसरमा आइतबार मुख्यालय हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डीआइजी ठाडामगरलाई सो अवार्ड प्रदान गरेका हुन् ।कार्य सम्पादनका आधारमा यसवर्ष सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी उत्कृष्ट बाहिनी घोषित भएका थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य परायणता र सेवाभावको मुक्तकण्ठले प्रशंसा गरे ।प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पु¥याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको बताए ।

उनले सीमित श्रोतसाधनको बावजुद समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सशस्त्र प्रहरी बल, नेपालको सांगठानिक बिकास विस्तार लगायत बृत्तिबिकासको योजना तर्जुमा गर्न गृहमन्त्रालयलाई निर्देशन दिँदै हाल देखिएका सुरक्षा चुनौतीलाई परास्त गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरुको समेत आकलन गर्दै योजनाकासाथ कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअवसरमा निर्देशन दिए ।सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाडले देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गरेका सशस्त्र प्रहरी उपरीक्षक स्वर्गिय धनबहादुर बस्नेतको योगदान र बीरताको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी बस्नेत र छोरा सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे ।

उनले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, सीमा सुरक्षा, उद्वार, राहत विरतण लगायत राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा संगठन र राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर तथा नेपाल एपीएफ अस्पताल मार्फत संक्रमितहरुको उपचारमा पु¥याएको योगदानले थुप्रै व्यक्तिले पुनर्जन्म पाएको स्मरण गर्नुहुँदै स्वास्थ्यकर्मी, सफाईकर्मी लगायत सम्वद्ध सबैप्रती हार्दिक आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!