हिपमत डटकम

आइतबार, माघ ०९, २०७८ || 676  पटक पढिएको

ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ।

गए राति उक्त मूर्ति चोरी भएको हो। मूर्ति चोरी भएको घटना बिहानमात्रै थाहा भएको थियो। मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो।

मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए। ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बालकुमारी मन्दिरको मूर्ति चोरी भएको जानकारी आएलगत्तै खोजी कार्य जारी राखिएको बताए।

‘दुई फिट अग्लो पित्तलको मूर्ति चोरी भएको जानकारी आएको छ। हामी खोजी कार्य गर्दैछौं,’ उनले भने। यो मूर्ति करिब तीन सय वर्ष पुरानो रहेको बताइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!