हिपमत डटकम

शनिबार, माघ ०८, २०७८ || 222  पटक पढिएको

नेकपा एकिकृत समाजवादीको भातृ संगठन अनेरास्ववियू जिल्ला कमिटी तनहुँले पोट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा राँके जुलुस निकाल्दै विरोध जनाएको छ ।

शनिबार साँझ भानुभक्त बहुमुखी क्याम्पस गेटदेखी पृथ्वी राजमार्गको ब्राईटचोकसम्म विद्यार्थी संगठनले राँके जुलुस निकालेको हो । राँके जुलुसमा सहभागि विद्यार्थीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर, सिटामोलको कृतिम अभाव खारेज गर, २४ लाख खोप कहाँ गयो ?, खाने तेलको मुल्य बढेको बढ्यै छ लगायतका नारा लगाएका थिए । राके जुलुस सहित भएको विरोध कार्यक्रममा प्रहरीले ब्राईटचोकमा विरोध टोलिकोे नियन्त्रणमा लिएको थियो ।

राँके जुलुसपछिको कोणसभामा बोल्दै अनेरास्वियू गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द महतले भ्रष्टचार र लुटतन्त्र विरुद्ध आवाज उठाईरहनुपर्ने बताए । गैरराष्ट्र मनोवृत्तिको सरकारको विरोध गर्नुपर्ने उनको भनाई छ । ‘सरकारको नेतृत्व र विद्यार्थी संगठनको सम्बन्ध ठाडो हैन तेर्सो हुन्छ । यो सरकारमा नेकपा एकिकृत समाजवादी पार्टी पनि सामेल छ । तर पनि एकिकृत समाजवादीको भातृ संगठन अनेरास्वियू सिंगो रुपमा सडकमा उभिएको छ । गरिब जनताले गुजरा चलाउन नसक्ने गरी खाने तेलको मुल्य बढेको छ । पेट्रोलियम पदार्थको मुल्य बढेको बढ्यै छ । त्यसैले हामी विरोधमा उत्रिनु परेको हो’, उनले भने ।

अनेरास्वियूको केन्द्रिय सदस्य मनोज बानियाँले सरकारले आम जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको बताए । उनले भने, ‘यो सरकार पनि मंगही बढाउनलाई सफल भएको छ’, उनले अगाडी थप्दै भने, ‘६ महिने कार्यकालमा यो सरकारले मात्रै मंहगी बढाएको छ ।’

अनेरास्वियूका केन्द्रिय सदस्य सुसन पौडेलले सरकारले मुल्य वृद्धि नियन्त्रण गर्न नसके विद्यार्थी आन्दोलन थप संसक्त ढंगले अगाडी बढाउने बताए । केन्द्रिय सदस्य पौडेलको नेतृत्वमा भएको कार्यक्रममा नेकपा एसको जिल्ला सदस्य कमल ढकाल,नेपाल युवा संघका जिल्ला सदस्य उत्सव भुजेल, अनेरास्ववियू जिल्ला कमिटी सचिव धिरज खत्री, नगर कमिटि सदस्य विजय थापा, नेकपा एस शुक्लागण्डकी–५ का अध्यक्ष उज्जवल थापा लगाय अनेरास्ववियूका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!