पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!