धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरेको बताए।

‘अहिले अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ, अदालतको अन्तिम फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने छन्,’ उनले भने।

माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरी टोली पुगेको थियो।

त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउन सुगरसहित समातिएका थिए।

प्रहरी टोलीमा गएका माल र बुढाले एक-एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!