हिपमत डटकम

शुक्रबार, मंसिर १०, २०७८ || 414  पटक पढिएको

चोरी मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ नमस्ते चोक बस्ने २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको २०७६ जेठ ९ गतेको फैसलाले चोरी मुद्दामा लगत नम्बर ८९५९ मा नगद ५९ हजार ९ सय ६ रुपैयाँ, लगत नम्बर ८९६० मा २ महिना कैद र १७ हजार रुपैयाँ र लगत नम्बर ८९६१ मा ८ महिना कैद र ५३ हजार रुपैयाँ जरिवाना भएकोमा उक्त कैद तथा जरिवाना बेरुजु रही फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!