नासा ईन्भेष्टमेन्ट प्रा.लि.को शेयर बजार सम्बन्धी एक दिने आधारभुत तालिमको भाग-५ बराहक्षेत्र नगरपालिका,सुनसरीमा सम्पन्न भएको छ ।

अर्थ सरोकार डटकमको सहकार्यमा गरिएको सो तालिम बराहक्षेत्र स्थित जनहित युवा क्लबको सभाहलमा सम्पन्न भएको हो । १२ भाग सम्म हुने सो तालिमको पाँचौ भागमा उल्लेखनिय प्रशिक्षर्थीहरु सहभागी भएका थिए ।

तालिममा शेयर बजार सम्बन्धी आधारभुत ज्ञान बारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताए । उनले आजको तालिममा यस नासाले गर्ने राष्ट्र तथा अन्तरराष्ट्रिय कार्यक्रम र यस संस्थाले गर्ने अन्य काम बारेमा प्रकाश पारेको थियो ।

सहभागीहरुलाई अर्थ सरोकार डटकमका प्रधान सम्पादक तथा कार्यक्रमको विशिष्ठ अथिती सुरज प्याकुरेलले प्रशिक्षण दिएका थिए ।

तालिमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका नगर प्रमुख निलम खनालले शेयर बजारको महत्व स्पष्ट पार्दै शेयर बजार सम्बन्धी तालिम गरेको मा नासा ईन्भेष्टमेन्टलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै तालिमको आयोजना गर्नेको लागि जोड दिएको थियो  ।

कार्यक्रममा सुभकामना मन्तव्य विशिष्ट अतिथी- नि. प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र बहादुर मल्ल, अतिथी – ११ न. वडा अध्यक्ष -केदार विष्ट लगायत का राखेको थिए । अतिथि सामाजिक विकाश अधिकृत अरुण मेहताले स्वागत मन्तव्य राख्दै नासाद्धारा आयोजना गरेको यो तालिम धेरै नै प्रशंसनीय कार्य रहेको बताए ।

संस्थाका अध्यक्ष अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न सो तालिम दुई सत्रमा संचालन गरिएको थियो ।

कार्यक्रममा नासा ईन्भेष्टमेन्टले उपस्थित अथितीहरुलाई मायाको चिन्हो प्रदान गरि सम्मान गरिएको थियो भने बराहक्षेत्र नगरपालिका सुनसरीले नासा ईन्भेष्टमेन्ट प्रा.लि. र अर्थ सरोकार डटकमलाई पनि प्रसंशा पत्र दिई सम्मान गरेको थियो । त्यसैगरी सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन दुर्गा बस्नेतले गरेको थियो ।

त्यसैगरी अगामी कार्यक्रम भाग – ६ बिराटनगरमा बृहत शेयर बजार सचेत कार्यक्रम हुने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!