हिपमत डटकम

बिहिबार, आश्विन ०७, २०७८ || 390  पटक पढिएको

विराटनगर । नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ । धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन् ।

विराटनगर–१२ बाट १८ वर्षीय किशोर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् । विराटनगर–१२ की रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

उनी मेडिकल विषयकी विद्यार्थी हुन् । वडा अधिवेशनबाट निर्वाचित भइसकेपछि यादवले भनिन्, “देश र समाजको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुँ । मेरो पारिवारिक वातावरण पनि राजनीति नै छ ।” उनले हजुरबुवा, बुवालगायत सबै परिवार नै राजनीति क्षेत्रमा आबद्ध रहेको सुनाइन् ।

सर्वसम्मत निर्वाचित भएकी यादवले कांग्रेसमा नयाँ पुस्ताको सहभागिताका लागि भूमिका खेल्ने बताइन् । यादवले राजनीति र पढाइलाई सँगसँगै अगाडि बढाउने योजना सुनाइन् । राजनीतिलाई सेवाका रुपमा नलिएसम्म देशको विकास नहुने उनको विचार छ ।

“अहिले राजनीतिलाई सेवाभन्दा पनि पेशाका रुपमा लिने गरिएको छ,” यादवले भनिन्, “त्यही भएर पनि राजनीतिमा विकृति बढ्दै गएको छ ।” यसैबीच, हरिनारायण यादवको नेतृत्वमा विराटनगर–१२ मा नयाँ नेतृत्व चयन भएको छ । वडा अधिवेशनमार्फत यादवसहित पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!