हिपमत डटकम

सोमबार, आश्विन ०४, २०७८ || 475  पटक पढिएको

मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय किशोर रहेका छन् । साथै सोही घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोक बहादुर कार्कीलाई प्रहरीले यस अघिनै पक्राउ गरी भदौ २७ गते पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको थियो ।

सोही ठाउँ बस्ने ५५ वर्षीय तेज कुमार कार्की, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, श्रीमती ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय बपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको भदौ २१ गते बिहान चिर्पट तथा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतबाट खटिएको संयुक्त अनुसन्धान समूह निरन्तर रुपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्य र घटनाको मूख्य योजनाकार समेत थप ४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

घटनाको योजना अघिल्लो राति लोक बहादुरको घरमा खड्ग बहादुर सहित हस्त बहादुर, लोक बहादुर र १७ वर्षीय किशोर बसेर बनाएको, हत्यापछि अनुकूल मिलेमा मृतकको घरमा रहेको धनमाल समेत लाने योजना रहेको, घटनाको दिन खेताला निश्चित गरी फर्किएका तेज बहादुरलाई चिर्पट र अलैचि काट्ने चक्कु प्रहार गरी लोक बहादुर, १७ वर्षीय किशोर, खड्क बहादुर र हस्त बहादुर मिलेर हत्या गरेको, तेजकुमार हार गुहार सुनी आएका उनकी श्रीमती र बुहारीलाई लोक बहादुर, खड्क बहादुर र हस्त बहादुर मिली हत्या गरेको, रण बहादुर र १७ वर्षीय किशोरले बुहारीको लास सासुको लास भएको ठाउँमा पुर्‍याउन सहयोग गरेको, बालक र बालिकालाई हस्त बहादुर र लोक बहादुरले मुख थुनि चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको, पार्वतीलाई टाउको भित्तामा ठोकाई घाटी बटारी हत्या गरेको तथा घटनामा प्रयोग भएको चिर्पट अगेनामा डढाएको, छुरी रगत पखाली बुईगलमा लुकाएको, रगत लागेको कपडाहरू लुकाएको, रञ्जनाको मोबाईल घरमुनिको ओडारमा लुकाएको र घटनाबारे प्रहरीले पत्ता लगाए लोक बहादुरले मानसिक औषधी खाने कारण जिम्मा लिने भन्ने सल्लाह गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

खड्क बहादुरलाई तेजबहादुरले जड्याहा भनि गालि गर्ने, लोकबहादुरलाई पागल अल्छी र केही काम गर्न नसक्ने भनि गाली गर्ने, रणबहादुरलाई लठेब्रो भन्ने र १७ वर्षीय किशोरलाई डुडे काम नलाग्ने भईस् भन्दै जहिलेपनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको कारण उनीहरूले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!