हिपमत डटकम

सोमबार, आश्विन ०४, २०७८ || 479  पटक पढिएको

कालिकोट, तिलागुफा नगरपालिका-६ खल्लागार्डबाट नियन्त्रित लागूऔषध १ सय ८० ट्याब्लेट नाईट्राभेट, २ सय ८० ट्याब्लेट ट्रामावेल र ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठ र सोही नगरपालिका-१ बस्ने २८ वर्षीय राम बहादुर बुढा रहेका छन् ।

लु.७३ प ८३०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी र ब्याट्रीको कभरभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सिरहा नगरपालिका-६ वसविट्टा चोकबाट करिब ५ किलो २ सय २३ ग्राम अवैध लागूऔषध गाँजा र २ पिस नाईट्रोभेट ट्याब्लेट सहित धनुषा सवैला नगरपालिका-१३ तिरतपुर बस्ने २६ वर्षीय शुभ कुमार महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ज.११ प १७४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुभ कुमार महतोको साथबाट उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!