हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 470  पटक पढिएको

मोरङको ग्रामिण भेगमा रहेर सक्रिय पत्रकारिता गरिरहेको एक होनहार युवा पत्रकारलाई अमेरिकाले तान्यो । लहैलहैमा लागेर डीभी भरेका थिए प¥यो । किरणलाई डीभी परेपछि धेरैले ‘अब संघर्षका दिन सकिए’ भन्दै बधाई पनि दिए ।
मोरङ रंगेलीका कांग्रेस निकट पत्रकार किरण न्यौपानेको कुरा हो यो । उनी यतिबेला अमेरिकामा छन् । मोरङका धेरै संचारकर्मीलाई किरण अमेरिका पुगिसकेको पत्तो छैन । अमेरिकाको बोस्टन राज्यमा पुगेका उनले त्यहाँ संघर्ष सुरु गरेका छन् ।

हरेक मान्छेले जीवनमा संघर्ष गर्नुपर्छ । किरणले पनि समुन्द्रपार मुलुकमा संघर्षको यात्रा थालेका छन् । तर, लेखनीको विषय यो होइन । उनको संघर्षको कथा पछि लेख्दै गरौंला तर, आजको विषय अलि फरक छ है ।

म्यासेञ्जरमा कुरा हुँदा किरणलाई अमेरिकाप्रति धेरै नै सम्मान जागेको महसुस पंक्तिकारले ग¥यो । नेपालप्रति उनको घोर निरासामय अभिव्यक्ति आयो । यस्तो किन ? किनभने नेपालमा फुर्सद भएका धेरै छन् र, फुर्सद धेरै भएकै कारण हुनुपर्ने, गर्नैपर्ने काम नभएको हो भने निश्कर्षमा उनी पुगे जनु सही हो ।

उनले भिडियो देखाउँदै भने, ‘हेर्नुहोस् त दाइ सडकमा कोही देखिन्नन् । घरमा पनि छन् कि छैनन् थाहा हुन्न, घर अगाडि गाडी छन् तर, मान्छे छैनन् । सडकमा कोही देखिन्नन् । पुलिस पनि सडकमा छैन । हरेक कुरा सीसी क्यामेराले मोनिटर गरिरहेको छ ।

जुन समाजमा गल्ती कम हुन्छन् त्यो समाजमा कानुन नरम हुन्छ । अमेरिकाको बोस्टनमा यस्तै छ । हुन त अमेरिकाको प्रान्त (राज्य) पिच्छे फरक हुनसक्छ । तर, आम रूपमा अमेरिकाको जीवनशैलीमा समानता पाइन्छ ।

किरणका अनुसार र, भिडियो कलमा दृश्य हेर्दा सडक खाली थियो । त्यहाँ कुनै चिया पसल थिएनन् । निश्चित ठाउँमा किनमेल केन्द्र छन् । मान्छेहरू फुर्सदमा छैनन् । केही न केही काम गरेर आफुलाई साह्रै व्यस्त बनाउँछन् । कसैको कसैप्रति रिस छैन । कसैको कुरा काट्ने फुर्सद छैन । को के गरिरहेको छ भन्दा पनि मैले के गर्नुपर्छ ? भन्ने ख्याल त्यहाँ छ ।

विपन्नको सूची पेस गरेर हप्ताको ७ सय डलर सरकारबाट पाउने नागरिक पनि घरमै बस्छ । सडकमा निस्किएर फुर्सदिलो हुँदैन । सडकमा बसेर कसैलाई रमिता देखाउन्न ।

किरणले रंगेली र नेपालका धेरै ठाउँ स्मरण गर्दैछन् । नेपाल र अमेरिकाबीचको सामाजिक भिन्नतालाई मुल्याङ्कन गर्दैछन् । हुनसक्छ कसैलाई नेपाली समाजको फुर्सदिलोपनलाई पनि मन पराउँछन् तर, किरणजस्ता व्यस्त रहने युवाका लागि अमेरिकाको समाजले निकै आकर्षित गरेको छ ।

नेपाली समाजमा फुर्सद धेरै भएकाले काम हुन्न । अमेरिकामा समय कम भयो भनेर चिन्ता हुन्छ । हरेक नागरिक त्यहाँ धेरै भन्दा धेरै काम गर्न चाहन्छ । त्यहाँ श्रमको मूल्य र इज्जत छ । अमेरिकामा बस्नेका लागि समय छैन तर, हामी नेपालीलाई समय काट्ने मेलो छैन ।

एक युवाले भनेको कुरा मार्मिक लाग्छ–खायो ढि“डो, हल्लियो हिड्यो । नेपाली समाज यस्तै छ आम रूपमा । मान्नुहोस् या नमान्नुहोस् परम्परागत धनको तुजुक छ नेपाली समाजमा जसले आम रूपमा धेरै नेपालीलाई अल्छे बनाएको छ । कामै नगरिकन खान पाइन्छ भने किन मेहनत गर्ने ? किन काम गरेर नङ्ग्रा खियाउँने भन्या ?

फुर्सद पनि मान्छेका लागि अत्यावश्यक हो । स्वास्थ्यका दृष्टिकोणले पनि मान्छेले मेसिन जस्तो काम गरिरहन सक्दैन । मेसिनलाई पनि ‘आराम’ गर्ने समय दिइन्छ । मेसिन धेरै तात्यो भने विग्रन सक्छ भनेर ‘रेष्ट’ दिइन्छ केही समयका लागि ।
के बोस्टनमा भएका नागरिक काम मात्र गरिरहन्छन् ? के जीवन भनेको काम मात्र हो त ! पक्कै होइन । यसका लागि समय निर्धारण भएको छ । हप्ताको ५ दिन मज्जाले काम ग¥यो, दुई दिन परिवारसित घुम्यो, हिड्यो । पाँच दिन इमान्दारितापूर्व काम ग¥यो अनि दुई दिन इमान्दारितापूर्वक घुम्यो, परिवारसित रम्यो । नेपालमा पनि हप्ताको ५ दिन पूरै, शुक्रबार आधा र शनिबार पूरै विदा दिइएको हुन्छ । तर, हामी नेपालीहरू विदाको सदुपयोग, कामको जिम्मेवारी पूरा गर्न सकिरहेका छैनौ । हामीलाई कामै नगरिकन सुतिसुति खान पुगोस् भनेर भगवानसित प्रार्थना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!