हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 648  पटक पढिएको

कांग्रेसको आसन्न अधिवेशनका क्रममा क्रियाशिल सदस्यमाँझ पुग्न अहिले भिजिटिङ कार्ड माध्यम बनेको छ । उम्मेदवारका आकांक्षी बढेसँगै भिजिटिङ कार्ड बनाउने र डिजाइनरको आम्दानी बढेको छ ।

१ पिसको २ रुपैयाँसम्म पर्ने भिजिटिङ कार्ड बेगरका उम्मेदवार नै छैनन् । भिजिटिङ कार्ड बनाउँदा क्रियाशिललाई प्रत्यक्ष परिचित गराउनेबाहेक सोसल मिडियामा समेत प्रयोग गर्न सहज भएको छ ।

कोरोना महामारीमा शून्य कारोबार रहेका प्रेस, छापाखाना र स्क्रीन पिन्टर्सको कारोबार बढेको छ ।
‘मतदातासित मत माग्न भिजिटिङ कार्ड भन्दा सजिलो उपाय अरू देखिएन’ नेका क्षेत्रीय प्रतिनिधिका आकांक्षी कृष्ण कार्कीले भने । अर्का बुथ सभापतिका उम्मेदवार सत्रुघनचन्द्र पौडेल भिजिटिङ कार्ड बनाउँदा डिजाइन पनि सोसल मिडियालाई काम लाग्ने बताए ।

एउटा वडामा दर्जनौं उम्मेदवार भएकाले पनि भिजिटिङ कार्ड कार्ड अनिवार्य बनाइने गरिएको छ ।
‘अहिले त मतदाता नै खोई तपाईको कार्ड भनेर सोध्न थालेका छन्’ क्षेत्रीय प्रतिनिधिका अर्का आकांक्षी गोकुल थापाले भने । उम्मेदवार आफै घरदैलोमा उपस्थित हुन नसके पनि गुट र समूहले नै यस्ता सामग्री वितरण गर्ने व्यवस्था मिलाउँदा पनि आकांक्षीलाई सजिलो भएको छ ।

एक अनुमान अनुसार मोरङमा मात्र निर्वाचनको सेरोफेरोमा ५० लाखभन्दा बढीको भिजिटिङ कार्डको कारोबार हुने अनुमान गरिएको छ । विराटनगरको मात्र कुरा गर्ने हो भने महानगरभित्रका १९ वडामा कम्तिमा २५ लाखको भिजिटिङ कार्ड बनेको बताइन्छ ।

विराटनगर–३ सबैभन्दा बढी भिजिटिङ कार्ड बनाउने वडा हो मोरङमा । यो वडामा क्षेत्रीय प्रतिनिधि, बुथका आकांक्षी डेढ सयभन्दा बढी छ । क्रियाशिल सदस्यको संख्या मात्र यो वडामा १ हजार छ । एक आकांक्षीले कम्तिमा पनि १ हजार भिजिटिङ कार्ड छाप्नु परेको छ ।

‘मैले २ हजार छापेको सबै सकियो, पुनः २ हजारको अर्डर गरेको छु’ एक आकांक्षीले भने, ‘क्रियाशिलले माग्दा मात्र दिएर भएन क्रियाशिल नभएका पार्टीका कार्यकर्ताले माग्दा पनि दिनै प¥यो, भिजिटिङ कार्ड अनिवार्य नै बनेको छ ।’
विराटनगरबाहेक सुन्दरहरैंचा, उर्लाबारी, बूढीगंगा, बेलबारीलगायतका स्थानमा भिजिटिङ कार्ड बढी बनेका छन् । ‘भिजिटिङ कार्डको अर्डर नै पूरा गर्ने अवस्था छैन’ विराटनगरस्थित एक पिन्टर्सका संचालकले भने, ‘लामो समयसम्म ठप्प रहेको व्यवसाय कांग्रेसको अधिवेशनले चलायमान बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!