हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 415  पटक पढिएको

कांग्रेसमा धेरै संख्यामा क्रियाशिल प्राप्त गरेका ‘ठेकेदार’ यो समयका बलवान व्यक्ति हुन । उनीहरूले समयमै टेण्डर हालेर प्राप्त गरेको क्रियाशिलको ठेक्काले अब मुर्त रूप लिने बेला भएको छ । कसलाई हराउने ? कसलाई जिताउने ? भन्ने ठेकेदारी उनीहरूको हातमा जो छ ।

कसैसित १० जना छन् रे, कसैसित ४० जनासम्म भएको कुरा आएको छ । यस्तो महान व्यक्तिलाई नभेटिकन कसोरी पार्टीको अन्तर चुनावमा विजय होइन्छ ? त्यसैले आम मतदाताको घर होइन ठेकेदारी गर्नेको चाकडीमा व्यस्त छन् आकांक्षीहरू ।

ठेकदारले काम गर्दा सबै काम गुणस्तरको गर्दैन । मोरङकै कुरा गर्ने हो भने ठेकेदारी प्राप्त गर्ने बेलामा अक्षम्य गल्ती पनि भएका छन् । कमरेड, मण्डलेकुण्डले धेरैले क्रियाशिल पाएका छन् । पक्कै पनि कांग्रेसका सही व्यक्ति पनि यो सूचीमा छैनन् भन्ने होइन तर, उनीहरू कमजोर भइसकेको अवस्था छ ।

वास्तवमा राजनीति भनेको पनि ठेकेदारी नै रहेछ । कुनै पनि निर्माणको काममा ठेक्का प्राप्त गर्नु र राजनीतिमा विजय हासिल गर्नु उस्तै रहेछ । बल, धन, समूह सबै चाहिने रहेछ ।

थाहा छैन यो अवस्थाबाट गुज्रेर देशको सबैभन्दा प्रजातान्त्रिक पार्टी कहाँ जाने हो ! तर, जहाँ गए पनि एकप्रकारको खतरनाक मसलको राजनीति जुन कांग्रेसभित्र सुरु भएको छ यो खतरनाक हो । क्रियाशिल दिएर पनि बन्धनमा बाँध्न सक्ने रणनीति बनाउन नसक्दा आज जुन विकृत देखिएको छ त्यो पार्टी र संगठनका लागि हानिकारक हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!