हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 275  पटक पढिएको

दसैं–तिहारको मुखमा खाने तेलको मूल्य बढ्ने भएको छ । हरेक भान्सामा अनिवार्य प्रयोग हुने खाने तेलको मूल्य लिटरमा २० देखि ४० रुपैयाँसम्म बढ्ने उद्योगीहरूले बताएका छन् ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकोले तेलको मूल्य बढाउनु बाध्यता भएको उनीहरूको भनाई छ । डेढ बर्षयता कच्चा पदार्थको मूल्यमा दोब्वर बढी वृद्धिका कारण तेलको मूल्य बढाउन लागिएको हो । खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत छ ।

कोरोना महामारीले ढुवानी भाडा वृद्धि भएको, डिजेल पेट्रोलको मूल्य बढेको, ढुवानीको समय दोव्वर हुन पुगेकाले अन्तर्राष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मूल्यमा प्रति लिटर २० देखि ४० रूपैयाँसम्म वृद्धिको असर पर्ने देखिएको छ । कच्चा पदार्थको उत्पादन नेपालमा कम हुने भएकाले पन ितेस्रो मुलुकबाट आयात गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!