हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 338  पटक पढिएको

विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर ११ ले बितेको चार वर्षमा ८ वटा सडकको कालोपत्रे सम्पन्न गरेको छ ।

वडा कार्यालयले शुक्रबार आयोजना गरेको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक समारोहमा अध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्रका विभिन्न ८ वटा सडकको २ किलोमिटर कालोपत्रे गरेको जानकारी दिए । उनले कोरोना महामारीका बीच पनि विकास निर्माणलाई वडाले तीव्रता दिएको बताए । २२ साना सडक तथा गल्ली ढलान र १७ वटा कल्भर्ट निर्माण गरिएको अध्यक्ष नेउपानेले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । साना तथा गल्लीमा बकेट इँटाद्वारा निर्मित, नाला तथा गार्भेलसमेत गरिएको अध्यक्ष नेउपानेले बताए ।

उनले कोरोना महामारीमा १२ सय विपन्न घरपरिवारलाई राहत वितरण गर्नुका साथै ३ हजार ४६४ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिए । उनले अब १८ वर्षभन्दा माथिका ५ हजार जनालाई खोप लगाउन बाँकी रहेको उल्लेख गरे ।

वडामा निर्वाचित भएर आएपछि २० जनालाई महिलालाई सिलाई सिलाई कटाइ तालिमसमेत दिएको नेउपानेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । जनपथ मावि र अरुणोदय आधारभूत विद्यालयलाई व्यवस्थापन सहयोग गर्नुका साथै दुर्गा मन्दिरमा रंगरोगनसहित टायल्स बिछ्याइएको, बसपार्कमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण, खुला दिसामुक्त वडा घोषणासमेत गरिएको नेउपानेले जानकारी दिए । यो अवधिमा २३६ जनाले जन्मदर्ता गराउँदा ७९ जोडीले विवाह दर्ता गराएको अध्यक्ष नेउपानेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवधिमा ३३ परिवार बसाइँ सरेर वडाभित्र आएका छन् भने २५ घरपरिवार बसाइँ सरेर गएका छन् । त्यस्तै ६ जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।

वडा कार्यालयको नयाँ भवन निर्माण, ज्येष्ठ नागरिक वडा कार्यसमितिको भवन निर्माणका लागि जग्गा खरिद गरी भवन निर्माणको सुरुवात, वडाकै नमुनाका रुपमा स्वागत मार्ग निर्माण, बसपार्कको निर्माण सम्पन्न, विभिन्न साँघुरा गल्लीलाई विस्तार गरी सडक निर्माण गरिएकोलाई अध्यक्षले आफ्नो बितेको कार्यकालको उपलब्धिका रुपमा प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।

कार्यक्रममा स्थानीयले सडकमा छाडा छाडिएका चौपाया, फोहर व्यवस्थापनलगायतका विषयमा गुनासो राखेका थिए । समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सडकमा छाडा छाडिएका चौपाया नियन्त्रण गरी फोहर व्यवस्थापन तत्काल गर्ने प्रतिबद्धता जनाए । उनले नगर सौन्दर्यकरणका लागि सबै नगरवासीलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले वडाको विकासका लागि वडावासी पनि जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!