हिपमत डटकम

आइतबार, भाद्र २०, २०७८ || 566  पटक पढिएको

लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ। यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ र शरीरलाई उर्जा पनि प्रदान गर्छ ।

बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन् । यसैगरी, रगतमा चिनीको मात्रासमेत नियन्त्रण गर्ने भएकाले मधुमेहका विरामीका लागि राहत मिल्छ । यसैगरी, लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ । यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ ।

यति मात्र होइन, कुन रोगका बिरामीले कसरी लसुन सेवन गर्ने भन्ने विधि थाहा भएको खण्डमा यसले मानिसको शरीरलाई निकै फाइदा पुर्याउँछ । कानमा दुखेमा तोरीको तेलमा लसुनको केस्रो हल्का तातो बनाएर कानमा राख्दा आराम मिल्छ । यसैगरी, नसाको विरामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन । लसुनले रक्तसञ्चार नियन्त्रण गर्छ। त्यसैले उच्च रक्तचापका विरामीले खानी पेटमा लुसन खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!