हिपमत डटकम

शुक्रबार, साउन २९, २०७८ || 979  पटक पढिएको

अधिकांश मानिसहरमा अहिले पत्थरीको समस्या देखिने गरेको छ । पत्थरीको समस्या देखिनुको मुख्य कारक खानपीन नै हो ।खानपीनमा विशेष ध्यान नदिँदा धेरैलाई मिर्गौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ पिसावमार्फत बाहिर जान्छ ।

मिर्गौलामा भएको पत्थरी हटाउने घरेलु उपाय बारे तपाईलाई थाहा नहुन सक्छ । घरमै पाइने सामग्रीको सही प्रयोगले पत्थरी समस्या हटाउन सकिन्छ ।
कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाब मार्फत निस्किन्छ ।

 

अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाइन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

 

राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मिनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

 

तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ मिलाएर पिउँदा पनि पत्थरी हट्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पत्थरी ठीक हुन्छ ।

 

गहतको झोल
गहतको दाल बनाएर त्यसको झोल पिउँदा पनि पत्थरी हट्छ । गतहको झोलले किड्नीमा भएको पत्थरीलाई फुटाउने काम गर्छ ।

खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!