हिपमत डटकम

मंगलबार, साउन २६, २०७८ || 946  पटक पढिएको

क’पाल फाट्ने स’मस्या कैयौँ महिलाले भोगिरहेका हुन्छन् । कतिपयले क’पाल फाट्नुलाई क’पालमा हाँगा पलाएका रूपमा पनि बुझ्छन् । तर, कपालमा अर्को हाँगा पलाउने होइन कि एउटा क’पाल च्यातिएर दुईरतीनवटा बन्नु हो ।

चिल्लो र मुलायम क’पालमा हाँगा फाट्ने स’मस्या दुर्लभ हुन्छ । यस्तो स’मस्या सुक्खा कपालमै देखिने गर्छ । धेरै नै सुक्खा भएपछि क’पाल चिरिन थाल्छ । क’पाल फटाउन भूमिका खेल्ने सुक्खापनका धेरै कारण छन् ।

फाट्ने कारण: क’पालमा बढी तापक्रम पर्दा सुक्खा हुने तथा फाट्ने स’मस्या देखिन्छ । तर, क’पाल तात्ने विभिन्न कारण हुन्छन् । हेयर स्टाइल गर्ने इलेक्ट्रिक सामानको बढी प्रयोग, घाममा धेरैबेर रहनु, नुहाउँदा तातोपानीको प्रयोग गर्नुजस्ता कारणले क’पालमा बढी ताप पर्छ र फाट्न थाल्छ ।

प्रदूषण र धुलोमैलोका कारण कपाल निकै सुक्खा हुन्छ। क’पाल सफा नहुँदा पनि फाट्छ । धेरै चिसो मौसममा क’पाल खुला राख्दा पनि सुक्खा भएर फाट्ने गर्छ । क’पाल सफा राख्नु त पर्छ, तर सफा गर्ने नाममा हरेक दिन स्याम्पु गर्नु गलत हुन्छ ।

हरेक दिन स्याम्पु गर्ने कपाल धेरै फाट्छ । किनभने, स्या’म्पुमा केमिकल हुन्छ । यस्तै स्विमिङ पुलमा धेरै जानेको पनि हाँगा फाट्ने खतरा बढी हुन्छ । स्विमिङ पुलको क्लोरिनयुक्त कडा पानीले कपाल सुक्खा बनाउँछ । धेरै कपाल रंग्याउँदा पनि फाट्ने स’मस्या निम्तिन्छ ।

हेयर कलरिङ र पर्म गर्ने पनि नियम र मापदण्ड हुन्छ । छिटो–छिटो कलरिङ गर्दा र फरक-फरक कलर फेरिरहँदा अत्यधिक केमिकलका कारण कपाल रुखो हुने तथा फाट्ने गर्छ । नियमित कपाल काट्ने तथा ट्रिम गर्ने बानी नहुनेको कपाल पनि फाट्ने गर्छ । सधैँ उही अवस्थामा छोड्दा कपाल सिमित अवधिपछि सुस्त गतिमा बढ्ने, अस्वस्थ हुने र फुस्रो हुने हुन्छ ।

कपालमा नियमित तेल नलगाउँदा पनि सुक्खा भएर फाट्छ । नुहाउनुअघि तेल लगाउन आवश्यक हुन्छ । त्यसो त नुहाएपछि चिसै कपालमा मसिनो दाँत भएको काइयो लगाउँदा पनि नकारात्मक अ’सर देखाउँछ । सस्तो ब्यान्ड–क्लिप प्रयोगले पनि कपाल फटाउन भूमिका खेल्छ । यस्तै, हेयर कस्मेटिक र जेलको अत्यधिक प्रयोगले पनि यो स’मस्या ल्याउँछ ।

फाट्न नदिन: कपाल फाट्ने स’मस्याबाट जोगिन फाट्ने कारणबारे सचेत रहनुपर्छ । यसको मतलब घाममै नहिँड्ने, कलरिङ नै नगर्ने भन्ने होइन । यी काम गर्दा अ’सर कम हुनेतर्फ ध्यान दिनुपर्छ । प्रदूषण र घाममा हिँड्दा कपाल छोपेर असरबाट बच्न सकिन्छ । उही कपालमा पटक(पटक कलरिङ गर्नुहुँदैन ।

एकपटक कलरिङ गरेको कपाल ट्रिम गर्दै जाँदा सकिएपछि नयाँ भर्जिन कपालमा कलरिङ गर्नुपर्छ। कलरिङ गरेपछि हेयर ट्रिटमेन्ट र आयल मसाज गरिरहनुपर्छ । महिनामा दुईपटक ट्रिटमेन्ट आवश्यक पर्छ । हेयर स्पा सबैभन्दा उपयुक्त हुन्छ।

स्पामा हेयर ट्रिटमेन्टको प्याकेज नै हुन्छ । चिसो कपाल कोर्दा मोटो दाँत भएको काइयो प्रयोग गर्नुपर्छ। कमसेकम दुई महिनामा हेयर कटिङ या ट्रिमिङ गर्नुपर्छ । हरेक हप्ता आयल मसाज गर्नुपर्छ ।

फाटेको भए घरमै उपचार: फाटेको क’पाललाई फेरि जोड्न सकिँदैन । तर, च्यातिएर फिँजारिँदा नराम्रो देखिएको कपाललाई घरमै प्याक प्रयोग गरेर मुलायम बनाउन सकिन्छ। फाटेको कपाल त बिस्तारै ट्रिम गर्दै गएर हटाउने हो । अनि नयाँ कपाल फाट्न नदिन सजग रहने हो ।

फाटेको कपालका लागि स्याम्पुमा अन्डा र पानी मिसाएर बनाएको प्याक ३०/४५ मिनेटसम्म कपालमा लगाएर त्यसपछि सादा पानीले पखाल्न सकिन्छ । यो उपाय हप्तामा एकपटक अपनाउँदा केही हप्तामै सकारात्मक प्रभाव देखिन्छ ।

सुन्तलाको रसमा केरा र अन्डा मिसाएर बनाएको प्याक पनि फाटेको कपालका लागि उपयोगी हुन्छ । यो प्याक पनि हरेक हप्ता ३०–४५ मिनेट कपालमा राखेर सादा पानीले पखाल्न सकिन्छ ।

दही र पाकेको मेवा बराबर मात्रामा मिसाएर बनाएको प्याक लगाउँदा पनि कपाल नरम र मुलायम हुन्छ । फाटेको कपाललाई व्यवस्थित गर्न यो प्याक उपयोगी हुन्छ ।

क्यास्टर आयलमा ओलिभ आयल या तोरीको तेल मिसाएर हरेक हप्ता मसाज गर्ने र आधा घन्टापछि स्याम्पुले पखाल्ने गर्दा पनि फुस्रो कपाल मुलायम बन्छ कपालका लागि बियर पनि निकै उपयोगी हुन्छ। फाटेको कपाल बियरले भिजाएर आधा घन्टापछि सादा पानीले पखाल्ने गर्दा राहत मिल्छ। सामान्य कपालमा पनि बियर प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!