हिपमत डटकम

सोमबार, साउन २५, २०७८ || 961  पटक पढिएको

पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।अस्वस्थ खानपान, योग व्यायाम, शारीरिक कसरत आदिका कमीका कारण यस्तो समस्यामा बृद्धि भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जसका कारण बेलैमा यसबारे सचेतता अपनाउन सकियो भने यसको असरलाई न्यूनिकरण गर्न सकिन्छ ।

आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ ।तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत हुनु जरूरी छ । यहाँ दिइएकामध्ये कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

१.थकान
कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो ।

२. छातीमा दबाब
छाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ ।

३. सास फेर्न अप्ठेरो
सास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सि

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!