स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएको छ ।

महाशाखाले जापानबाट र भुटानबाट आएको खोप लगाइने जनाएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइनेछ । काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!