हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 787  पटक पढिएको

किड्नी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।

१. पानी कम पिउने :

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२ नून बढी :
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३ पिसाव रोक्ने :

यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

४ गुलियो खाने बानी :

यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५ पोषणको अभाव :

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६ मासु बढी खाने :

मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७ अनिद्रा :

रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८ चिया कफी बढी सेवन :

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९ पेनकिलर सेवन :

टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१० जाँड रक्सी :

अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!